कहिले रिलिज हुँदैछ ‘होस्टेल-३’ ?

कहिले रिलिज हुँदैछ ‘होस्टेल-३’ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली फिल्म ‘होस्टेल ३’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै फिल्म आगामी फागुन २३ गते रिलिज गर्ने घोषणा गरिएको हो ।

पोस्टरमा चार मुख्य पात्र आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरी र पदम तामाङ देखिएका छन् ।

सशान कँडेलको कथा र निर्देशन रहेको यस फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्। चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो।

निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी, सहनिर्माता सुरेश कँडेल तथा कार्यकारी निर्माता शंकर कोइराला हुन्।

यसमा पारस, रिहान, आशिष, पदमसहित सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको अभिनय छ।