एजेन्सी– अजरबैजान एयरलाइन्सले आफ्नो विमान दुर्घटना हुनुको कारण सार्वजनिक गरेको छ । एयरलाइन्सले बाह्य प्राविधिक हस्तक्षेपका कारण विमान दुर्घटना भएको बताएको हो ।
डिसेम्बर २५ मा कजाकिस्तानमा खसेर आगो लाग्दा ३८ जनाको मृत्यु भएको थियो। विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो।
रुसको नागरिक उड्डयन निकायका प्रमुखले शुक्रबार चेचन्याको राजधानीको अवस्था निकै जटिल रहेको र त्यहाँको हवाई क्षेत्र बन्द गरिएको बताएको थियो ।
युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यो विमान दुर्घटनामा रुसलाई दोष दिएका छन्।
प्रतिक्रिया