भूपी शेरचनको सम्झनामा गण्डकी बोर्डिङमा गुञ्जीए कविता

भूपी शेरचनको सम्झनामा गण्डकी बोर्डिङमा गुञ्जीए कविता


पोखरा– पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा साहित्यकार भूपी शेरचनको ८९ औँ जन्मजयन्ती मनाइएको छ । विद्यालयका संस्थापक सदस्यसमेत रहेका शेरचनको स्मरण र सम्मानमा  एक कार्यक्रम आयोजना गरि मनाइएको हाे ।

विद्यालयको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शेरचनको स्मृतिमा विद्यालयले आयोजना गरेको ‘भूपी कविता लेखन तथा वाचन’ कार्यक्रम तयार गरी विद्यालयका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागी गराएको थियो ।

प्रतियोगितामा समावेश उत्कृष्ट ५ कविता कार्यक्रममा छात्रछात्राले वाचनसमेत गरेका थिए ।

कार्यक्रको सञ्चालन नेपाली भाषा विभागका शिक्षक सोमनाथ सुवेदीले गरेका थिए । कार्यक्रमा नेपाली भाषा विभाका विभागीय प्रमुख केदार ढकालले कवि भूपीको योगदानको चर्चा गर्दै सम्मानस्वरूप कविता वाचनसमेत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्रा अनास्तासिया थापाले साहित्यकार शेरचनको जीवनी वाचन गरिन् ।

कार्यक्रमा बोल्दै विद्यालयका प्राचार्य डाक्टर विश्वयुधीर पौडेल घर्तीले शेरचनको साहित्यिक व्यक्तित्त्व र विद्यालय स्थापनामा उनले पुर्‍याएको योगदानको स्मरण गरे ।

उनले स्रष्टाको सम्मानमा विद्यालयले वार्षिक रूपमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।