काठमाण्डु-काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएका हुन् । रिहा हुनेमा सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा छन् ।
लेखा समिति सदस्य सुनिता नेवाले ४ लाख र सञ्चालक समिति सदस्य कमल लामा ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया