काउन्टीको भूकम्पपछि माओवादीले भन्यो – परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहनू

काउन्टीको भूकम्पपछि माओवादीले भन्यो – परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहनू


काठमाण्डु – नेकपा माओवादी केन्द्रले चीनको स्वशासित क्षेत्र काउन्टीको भूकम्पपछि नेपालमा परकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले बुधबार प्रेस वक्तव्य जारी गर्दै चीनको सिजाङ क्षेत्रमा भूकम्पले भएको मानवीय र भौतिक क्षतिले मर्माहत बनाएको जनाएको छ ।

‘यो दुःखको घडीमा हाम्रो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ नागरिकको साथमा रहेको कुरा उल्लेख गर्न चाहन्छौं,’ वक्तव्यमा उल्लेख छ, ‘भूकम्पमा परी मृत्यु भएका सबै चिनियाँ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’