सहकारी ठगीमा सांसद पोखरेलकी श्रीमती अञ्जला १० लाख धरौटीमा रिहा

सहकारी ठगीमा सांसद पोखरेलकी श्रीमती अञ्जला १० लाख धरौटीमा रिहा


विराटनगर – सहकारीको रकम हिनामिनाको आरोप लागेकी सार्वजनिक लेखा समितिका सभापति तथा सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटीमा रिहा भएकी छन् ।

जिल्ला अदालत मोरङमा बुधबार भएको थुनछेक बहसमा न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका प्रवक्ता हेम बुढाथोकीले उनी धरौटी बुझाएर रिहा भएकी छन् । मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अञ्जलाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार भएर बुधबार अदालत खुलेलगत्तै हाजिर भएकी थिइन् ।

अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।