काठमाण्डु – पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले घरायसी एवं दैनिक जीवनका कार्यलाई आधारभूत तह (६–८) कक्षा र माध्यमिक तह (९–१०) कक्षाको आन्तरिक मूल्यांकनमा समावेश गर्न आवश्यक छलफल र तयारी गरी पेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ ।
बुधबार बसेको परिषद्को बैठकले आवश्यक तयारी गरेर प्रस्ताव ल्याउन सैद्धान्तिक सहमति दिएको हो ।
परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा विद्यालय शिक्षाको पाठ्यक्रमलाई थप समसामयिक र विद्यार्थीमुखी बनाउने विषयमा छलफल भएको छ ।
बैठकले माध्यमिक तह र आधारभूत तहका विभिन्न ऐच्छिक विषयका पाठ्यक्रम परिमार्जन गरेको छ ।
प्रतिक्रिया