काठमाण्डु – न्याय सेवा आयोगले सचिवसरहका २ सरकारी वकिलसहित २०० बढी कर्मचारीको सरुवा गरेको छ ।
बुधबार बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा गरिएको छ ।
आयोगले न्याय सेवाका ९ जना सहसचिव, ८९ जना उपसचिव र १४४ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
हेर्नुहोस् सरुवा सूची –
प्रतिक्रिया