अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री ओलीलाई बोलायो

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री ओलीलाई बोलायो


काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो । सोमबार बस्ने बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो ।

बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।