काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् ।
उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् ।
उनलाई ३७ लाख धरौटी माग गरिएको थियो । बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया