काठमाण्डु– कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनीगरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको साझेदारीमा अलि पे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुकालागि नेपाल पे क्युआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवामार्फत अलि पे प्रयोगकर्ताले कुमारी बैंकको नेपाल क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानीगर्न सक्नेछन ।
अलि पे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षितगर्दै यो सेवासुरक्षित र सहजक्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपाल पे क्यूआर र यसको अन्तरक्रियात्मक क्यूआर लाई अलि पे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया,इटाली, मलेशिया,फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वाभुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानीगर्न सजिलो बनाउनेछ भने, नेपाल पे क्यूआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलि पे , अलि पे एच के , टिनावा , एमपे , टच एन्ड गो पे , माइ टि वी , हाइ पे , जी पे, ओसीबिसी डिजिटल , काकाओ पे, टस पे र टु्र मनि बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्तबनाउने र आधुनिक बैंकिङ्गकोअनुभवप्रदानगर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरतादिने प्रतिबद्धता जनाएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१६ एटिएम, ५०एक्सटेन्सन काउन्टर तथा५४शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्नाग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरुप्रदानगर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया