काठमाण्डु – नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–१ दुम्किबासस्थित विनयी खोला पुल टुटेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डको पुल टुट्दा राजमार्ग अवरुद्ध भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजे पुल टुट्दा सडक अवरुद्ध भएको बताए । प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।
भारतीय एनएल ०१ ए एच ५१७९ नम्बरको हेबी ट्रक पुलबाट पास हुने क्रममा पुल टुटेको हो । राजमार्ग अवरुद्ध भएपछि यातायातका साधन रोकिएका छन् ।
प्रतिक्रिया