काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगुवाइ गरिरहेको समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने भएको छ ।
शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटपछि अध्यक्ष प्रचण्डले माघ २ गते बैठक बस्ने जानकारी दिए ।
शुक्रबार माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको अध्यक्षद्वय प्रचण्ड र नेपालबीचको छलफलले समाजवादी मोर्चालाई क्रियाशील बनाउने सहमति गरेको छ ।
मोर्चालाई क्रियाशील बनाउन माघ २ गते समाजवादी मोर्चामा रहेका ४ दलको बैठक बस्ने निर्णय भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।
प्रतिक्रिया