नागरिक खुशी भए मात्रै सरकार बलियो हुन्छ : महामन्त्री थापा

नागरिक खुशी भए मात्रै सरकार बलियो हुन्छ : महामन्त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक खुशी भए मात्रै सरकार बलियो हुने बताएका छन् ।

फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले बहुमतप्राप्त कुनै पनि सरकार बलियो हुने बताए ।

नागरिकले प्राप्त गर्ने लाभले मात्र सरकार बलियो हुने उनले बताए । प्रतिनिधि सभामा बहुमत नभई सरकार नबन्ने भएकाले अंकगणितका हिसाबले हरेक सरकारहरू बलिया हुने गरेका उनले बताए ।

उनले भने, ‘२ वटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं तर मलाई चाहीँ प्रत्येक सरकार बलियो लाग्छ । किनभने प्रतिनिधि सभामा बिना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाहीँ प्रमाणित गर्नुपर्छ ।’