काठमाण्डु-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हश मनी’ मुद्दामा जोगिएका छन् ।
फैसला सुनाउँदै न्यूर्योका न्यायाधीशले उनलाई कुनै पनि कारवाही नगरेको बीबीसीले जनाएको छ । न्यायाधीश मर्चनले ट्रम्पलाई दोस्रो कार्यकालको सफलताको शुभकामना पनि दिएका थिए ।
अदालतले ट्रम्पलाई बिना शर्त रिहा गर्ने निर्णय गरेको हो । यसको अर्थ यो मुद्दामा उनले न त कुनै जरिमाना तिर्नु पर्नेछ न त कुनै जेल सजाय भोग्नु पर्नेछ । न्यायाधीश मर्चनले यस मुद्दामा ट्रम्पको बिना शर्त रिहाइ गर्नु नै देशको सर्वोच्च पदको उल्लंघन नगरी दिइएको वैध सजाय भएको बताएका छन् ।
ट्रम्पमाथि २०१६ मा भएको एक काण्डको बारेमा मौन बस्नको लागि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएको आरोप छ । उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहराइएको थियो ।
ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
प्रतिक्रिया