काठमाण्डु-पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको चहलपहल सुरु भएको छ । १ माघबाट थारू सम्बत् २६४९ सुरु हुने भएकाले माघीको तयारीमा थारू समुदाय जुटेको छ ।
नयाँ वर्षका रूपमा मनाइने माघीका लागि जिता, मघौटा नाच, खानपानका परिकारको तयारी भइरहेको छ । पुसको अन्तिम दिनदेखि तीन दिनसम्म माघी मनाउने चलन छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २९ पुसमा माघीको अवसरमा सार्वजनिक बिदा दिएको छ । १ माघमा संघीय सरकारले माघीलाई राष्ट्रिय पर्वका रूपमा बिदा दिएको छ ।
थारू समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले २९ पुसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश राजपत्रमा पनि २९ पुसमा जिता पर्व भनेर उल्लेख छ । पुस अन्तिम दिन थारू समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ ।
प्रतिक्रिया