काठमाण्डु– नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ।
शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनेछन्। बारकी महासचिव अञ्जिता खनालका अनुसार आइतबार बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ ।
प्रतिक्रिया