काठमाण्डु-पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ ।
कोशी प्रदेशका हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना छ । कोशीका तराई क्षेत्रमा साधरणतया बदली रहने र राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेशमा रातिसाधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशमा धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति पहाडी क्षेत्रमा साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशमा पनि धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका पनि धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया