काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार बिहान कार्यालय समय सुरु हुनुअघि नै उनी अदालत पुगेका हुन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दायर गरिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ । ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ ।
प्रतिक्रिया