नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने


काठमाण्डु– नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लाभांश दिने भएको हो ।

बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।