काठमाण्डु– जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।
सहकारी ठगी मुद्दामा आज आइतबार आफै अदालत पुगेका लामिछानेको बयान सकिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा दिउँसो सुरु लामिछानेको बयान केही सवा २ बजे सकिएको हो।
अब केही बेरपछि थुनछेक बहस सुरु हुनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछाने अदालतमा उपस्थित भएका थिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।