काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ ।
जिल्ला अदालत काठमाडौंमा थुनछेकबहस गर्न नभ्याउने भएपछि हेर्दाहेर्दैमा राखिएकोले उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले बतायो ।
काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा रवि विरुद्धको मुद्दाको थुनछेक बहस जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हेर्दाहेर्दैमा छ ।
प्रतिक्रिया