एनसेलको सधैं अनमा अब फ्री अनलिमिटेड नाइट डेटा

एनसेलको सधैं अनमा अब फ्री अनलिमिटेड नाइट डेटा


काठमाण्डु – एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड ‘नाइट डेटा प्याक’ दिन थालेको छ ।

यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।

पुस २५ गते बिहीबारबाट शुरु भएको योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट शुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् । यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकहरूले नाइट डेटा पनि पाउँछन् ।

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले योजना लागू गरेको छ । ३९९, ४९९, ५९९ रुपैयाँका बेस्ट प्याक र ७९९, ९९९ र १,४९९ रुपैयाँका अनलिमिटेड प्याक लिने ग्राहकहरूले योजनाबाट फाइदा लिन सक्छन् । यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरूले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अनलिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो । यसको मुख्य औचित्य भनेको आमनेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैं अन राख्न प्रेरित गर्दै सशक्त बनाएर डिजिटल भविष्यतिर डोर्‍याउनु रहेको छ ।