इन्डिया गेट प्रिमियम चामल नेपाली बजारमा

इन्डिया गेट प्रिमियम चामल नेपाली बजारमा


काठमाण्डु – खाद्य उत्पादकहरूको निर्माता केआरबीएल लिमिटेडले नेपालमा इन्डिया गेट प्रिमियम बासमती चामल ल्याएको छ ।

बिहीबार काठमाण्डुको होटल याक एण्ड यतीमा आयोजित नेपाल इभल्भ मीट २०२५ को अवसरमा विश्वकै अग्रणी बासमती चामल उत्पादन गर्ने प्यारेन्ट कम्पनी केआरबीएलले नेपालमा बासमती चामल (२० किलोको प्याक) लञ्च गरेको हो ।

नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै उच्च गुणस्तरको बासमती चामल लञ्च गरिएको केआरबीएल लिमिटेडका इन्डिया बिजनेस हेड आयुष गुप्ताले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालभर यसको पहुँचलाई विस्तार गर्नु हो । प्रत्येक नेपालीहरूको भान्सामा इन्डिया गेट बासमती चामल पुर्‍याउन हामी कटिबद्ध छौं ।’

नेपालमा केआरबीएलका सामानहरू वितरण गर्ने तरुण एग्रोका प्रमुख आशिष मैनालीले भने, ‘नेपालमा विगत २५ वर्षदेखि इन्डिया गेट बासमती चामल विक्री वितरण भइरहेको छ । यो प्रिमियम प्रडक्टले धेरैको मन जित्नेछ ।’

केआरबीएलले नेपालसहित विश्वभर बासमती चामल उद्योगमा नयाँ बेञ्चमार्क स्थापना गर्ने योजना अगाडि सारेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।

मैनालीले भने, ‘केआरबीएलसित हाम्रो साझेदारी असाधारण नै रहेको छ । २५ वर्षदेखि तरुण एग्रोले नेपालमा गर्वसित इन्डिया गेट बासमती चामलको प्रतिनिधित्व गरिँदै आइरहेको छ, अनि यस नयाँ लन्चले नवीनता र उपभोक्ता–केन्द्रित नीतिप्रति ब्रान्डको प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।’