नयाँदिल्ली – भारतको छत्तीसगढमा सुरक्षाकर्मी र माओवादीबीच भिडन्त हुँदा ५ जनाको मृत्यु भएको छ ।
विजापुर जिल्लाको इन्द्रावती राष्ट्रिय निकुञ्जमा भएको भिडन्तमा २ महिलासहित ५ माओवादी मारिएका भारतीय सुरक्षा स्रोतले जनाएको छ ।
स्थानीय प्रहरी महानिरीक्षक सुन्दरराज पीले इन्द्रावती राष्ट्रिय निकुञ्जमा संदिग्ध माओवादीको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलको टोलीले खोजी अभियान सुरु गर्दा ५ जना मारिएका जानकारी दिए ।
आईतबार बिहान सुरक्षा बलको टोली भोपालपट्टनमको मड्डेड क्षेत्रको बन्देपारा–कोरञ्जेड जंगलमा पुगेपछि माओवादीसँग भिडन्त सुरु भएकोमा ५ जना मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरक्षा बलले घटनास्थलबाट १ एसएलआर, बीजीएल लन्चर, विस्फोटक सामग्री र अन्य सामग्रीसहित धेरै हतियारहरू बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया