काठमाण्डु– वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।
१७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी दुई वटाले ब्याजदर घटाएका छन् यस्तै एक बैंकले ब्याजदर बढाएको छ ।
कृषि विकास बैंक र नेपाल एसबिआइ बैंकले ब्याजदर घटाएका छन् भने कृषि विकास बैंकले बढाएको छ ।
कृषि विकास बैंकले व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ ब्याजदर तोकेको छ । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएर व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ पुर्याएको छ ।
प्रतिक्रिया