सहसचिवको लिखित परीक्षामा परराष्ट्रका ५ जना उत्तीर्ण, को-को परे ?

सहसचिवको लिखित परीक्षामा परराष्ट्रका ५ जना उत्तीर्ण, को-को परे ?


काठमाण्डु – परराष्ट्र सेवाका पांच जना उपसचिवहरु सहसचिवको परीक्षामा उर्तीण भएका छन् । लोकसेवा आयोगको लिखित परीक्षामा मंगलवार पांच जना उर्तीण भएका हुन् ।

उर्तीण हुनेमा उपसचिवहरु ईला मैनाली, उत्तम शाही, मोतिबहादुर श्रीस,रोजिना ताम्राकार र रोशन खनाल छिन् । परराष्ट्रको सहसचिवमा ३ जनाको लागि १३ जना लिखित परीक्षामा सम्मिलित थिए भने पांच जना उर्तीण भएका हुन् ।

उनिहरुको मामिला प्रस्तुतिकरण माघ २२ मा र अन्तर्वार्ता माघ २७ मा लागि तय भएको छ । अहिले उर्तीण भएकाहरुमध्येबाट एक जना परराष्ट्रको सचिव हुने भएकाले पनि यो उनिहरुको लागि निकै महत्वपूर्ण छ ।