काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट नेताहरूले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएको टिप्पणी गरेका छन् ।
मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे भए पनि जनता सन्तुष्ट हुन नसकेका बताए ।
‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरू पनि छन्, निमुखाको आवाज बोक्ने पनि छन्,’ उनले भने, ‘अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरू आएका छन् । मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन् तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युनिष्ट पार्टीलाई सिध्याइदिएका छन् । कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन, कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ ।’
नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति–विसंगतिहरू देखिएका उनले टिप्पणी गरे । उनले विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्नेमा जोड दिए ।
कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनको लागि लाग्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया