रवि लामिछानेको थुनछेक बहस आज पनि हुने

रवि लामिछानेको थुनछेक बहस आज पनि हुने


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा बुधवारदेखि फेरि थुनछेक बहस जारी रहने छ ।

सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी थुनछेक बहस बुधवार हुनेछ ।

सो मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएको छ । जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका छन् ।

बुधवार लामिछानेका वकिलको बहस गर्नेछन् । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।