काठमाण्डु- महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ परेका छन् । अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले उनलाई पक्राउ गरेका हुन् । यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो ।
पक्राउ पर्ने युन पहिलो कोरियाली राष्ट्रपति हुन् । उनलाई सउल स्थित निवास बाटै पक्राउ गरिएको हो ।
प्रहरी पक्राउ गर्न गए पनि योलले आफ्नो सुरक्षामा खटिएका सैनिक परिचालन गरी रोकेका थिए। पक्राउपछि राष्ट्रपति योलले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।
डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ । केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए ।
निलम्बित राष्ट्रपति योलका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि उनको घरबाहिर जम्मा भएका थिए। समर्थकहरूले योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरेका थिए।
प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो । अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको थियो ।
योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए। तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
मुलुकमा सैन्य शासन लगाएपछि दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो। महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए। तर उनलाई राष्ट्रपति पदबाट बर्खास्तै गर्ने वा पछि पुनर्बहाली गर्ने भन्ने विषयमा त्यहाँको संवैधानिक अदालतले मंगलबार मात्र सुनुवाइ सुरु गरेको छ।
प्रतिक्रिया