काठमाण्डु-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ ।
बैठकमा सबै विपक्षी दलहरू सहभागी छन् । माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ । सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरू रणनीति बनाउन जुटेका हुन् ।
यसपछि बुधवार नै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । यसै गरी अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा पनि बस्दैछ ।
प्रतिक्रिया