आईपीओ बाँडफाँडको तयारी गर्दै गार्डियन माइक्रो इन्सुरेन्स, साढे १७ लाखको हात खाली

आईपीओ बाँडफाँडको तयारी गर्दै गार्डियन माइक्रो इन्सुरेन्स, साढे १७ लाखको हात खाली


काठमाण्डु– गार्डियन माइक्रो इन्सुरेन्स कम्पनिले आइपीओ बाँडफाँँडको तयारी सुरु गरेको छ ।  गत पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि खुलाएको आइपीओ बाँडफाँडको तयारी गरेको हो । 

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार  आइपीओ बाँडफाँड अर्को साता हुने भएको छ । अर्को हप्ताको  सुरुवाततिर आइपीओ बाँडफाँड गर्ने तयारीमा कम्पनी रहेको कुमारी  क्यापिटलले जानकारी दियो । 

कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो । 

जसमा १९ लाख ६ हजार ८४८ जनाले कुल २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । 

यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । 

 बाँडफाँड  पछि १ लाख ८४ हजार ५०० जनाले  चाहेको (कित्ता) सेयर हात पार्नेछन् भने  बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ । आइपीओ  गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।