सेयर बजार झिनो अंकले उकालो लाग्दा झण्डै ६ अर्बको कारोबार

सेयर बजार झिनो अंकले उकालो लाग्दा झण्डै ६ अर्बको कारोबार


काठमाण्डु – बुधबार सेयर बजार समान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से १.८३ अंकले बढ्दा परिसुचक २५९५ बिन्दुमा कायम भएको छ ।

आज १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोडको कारोबार भएको छ ।

आज कारोबारका आधारमा एनआरएन इन्फ्राइस्टक्चरले सर्वाधिक ३२ करोडको कारोबार गर्यो ।

कारोबारमा आएका १२४ कम्पनीको सेयर बढेको छ भने १०८ कम्पनीको सेयर घटेको छ । यस्तै १० कम्पनीको सेयर स्थिर रहेको छ ।

यसदिन डोल्टी पावरको सेयर १० प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ र ।

यसदिन विकासबैंक, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, हाइड्रोपावर, निमार्ण इन्डेक्स बढेका छन् भने

बैंकिङ,फाइनान्स, ,लगानी, माइक्रो फाइनान्स, म्युचल फण्ड, निर्जीवन बीमा लगायतका सुचक घटेका छन् ।