सहकारी ठगीमा रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सहकारी ठगीमा रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश


काठमाण्डु – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।