काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन् ।
सरकारले सिफारिस गरेका ५ अध्यादेशमध्ये ४ अध्यादेश यसअघि नै जारी भइसकेका थिए । अध्ययनका लागि भन्दै रोकिएको भूमि अध्यादेश बुधबार जारी भएको छ ।
प्रतिक्रिया