काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ३ देशका राजदूतलाई गैरआवासी राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा गैरआवासीय राजदूतमा नियुक्त गरेको जानकारी दिइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्याललाई गणतन्त्र क्युवाका लागि, थाइल्याण्डका राजदूत धनबहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
प्रतिक्रिया