काठमाण्डु-बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवार्ता गरेका छन् ।
बेलायतको संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीसँग कोइरालाको भेटवार्ता भएको हो ।
त्यसक्रममा उनीहरूबिच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका लागि क्लेभर्लीसँग आग्रह गरे ।
यसअघि कोइरालाले तत्कालीन अनमिनका नेपाल प्रमुख ईयान मार्टीनसँग लण्डनमा भेट गरेका थिए । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया