युद्धविरामसँगै इजरायलमा प्रदर्शन (तस्वीरहरू)

युद्धविरामसँगै इजरायलमा प्रदर्शन (तस्वीरहरू)


काठमाण्डु- इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा उत्रिएका छन् । हमासले बन्धक बनाएका इजरायली नागरिकहरूलाई तत्काल रिहा गर्न माग गर्दै उनीहरू बिहीबार बिहान सडकमा उत्रिएका हुन् ।

उनीहरूले बेपत्ता भएका मानिसको तस्वीर अंकित प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा उत्रिएकामध्ये अधिकांश बेपत्ता भएकाहरूका परिवार र आफन्त रहेको बताइएको छ ।

यसबीच युद्धविराम सम्झौता पछि इजरायल र हमास दुवै पक्षबाट प्रतिक्रिया आएका छन् । हमासका प्रमुख वार्ताकार खलील अल हय्याले युद्धका क्रममा गाजामा भोगेका पीडाका लागि इजरायललाई माफ नगरिने बताएका छन् । उनले इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको दाबी पनि गरे ।

यस्तै इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने अपेक्षा गरेका छन् ।