शहीद स्मारक ‘ए’ डिभिजन लिगः मनाङको छैटौं जित

शहीद स्मारक ‘ए’ डिभिजन लिगः मनाङको छैटौं जित


काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौं जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ । मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे ।

खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए । खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ ।