काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार चलाउँदा कुनै अप्ठ्यारो नभएको बताएका छन् ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सरकारमा कुनै समस्या नभएको प्रतिक्रिया दिए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा, व्यवधान, अप्ठ्यारा छैनन् ।’
सरकारमा सहभागी मन्त्रीहरूको कामलाई प्रभावकारी बनाउन कांग्रेसले मन्त्रीहरूसँग छलफल गर्दै निर्देशन दिएको छ ।
प्रतिक्रिया