न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइका लागि उजुरी आह्वान

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइका लागि उजुरी आह्वान


काठमाण्डु – संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

खड्काविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानले जानकारी दिएकी छन् ।

पुस २७ गते बसेको नेपाल बार एशोसिएशनको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनवाइबाट अनुमोदित भएपछि खड्का परिषद् सदस्य नियुक्त हुनेछन् । यसअघि सदस्य रहेका रामप्रसाद श्रेष्ठले पुस १५ गते अवकाश पाएपछि सदस्य पद रिक्त भएको थियो ।