काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
बन्दीप्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत पुगेका बेचनलाई छाड्न अदालतले अस्वीकार गर्दै थुनामा राख्नुको कारण माग गरेको छ ।
जिल्ला अदालत काठमाण्डुले पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालत पुगेका झा उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका हुन् । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बेचनलाई छाड्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।
२०८१ भदौ २ गते जिल्ला अदालत काठमाण्डुले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
प्रतिक्रिया