काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–८ धुले बेसी घर भई काठमाण्डु महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरको षडानन्द नगरपालिका–५ घर भई काठमाण्डु महानगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।
प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्वीर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको खुल्न आएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले श्रीकृष्ण र सरोजलाई पक्राउ गरेको हो ।
उनीहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया