काठमाण्डु – सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।
काठमाण्डु जिल्ला अदालत परिसरमा बुधबार कुटपिट भएपछि त्रिपाठीले बिहीबार ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसूरमा जाहेरी दिएका हुन् ।
घटनामा संलग्न दोलखा निवासी ४६ वर्षीय ललित केसीलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले केसीलाई बुधबार बबरमहलबाट नियन्त्रणमा लिइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
नेपाल बार एशोसिएशन लगायतका संस्थाहरूले त्रिपाठीमाथि भएको आक्रमणको विरोध जनाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया