जानी राखौं : यस्ता छन् शाकाहारी भोजनका फाईदाहरु

जानी राखौं : यस्ता छन् शाकाहारी भोजनका फाईदाहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ ।

मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका हुन्छन् ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । शाकाहारी भोजनमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । सागसब्जीमा विभिन्न आवश्यक तत्वजस्तै भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ, जसले घातक बिमारीबाट बचाउन मद्दत गर्दछ।

त्यसैगरी शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ। शाकाहारी भोजनमा शरीरको आवश्यकता अनुसार क्यालोरी र भिटामिन पाइन्छ। शाकाहारी भोजनमा फाइबर प्रचुर मात्रामा पाइन्छ। जान्नुहोस् शाकाहारी भोजनका फाइदाहरू ।

 हृदय रोगबाट बचाउँछ

शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धि रोग हुने सम्भावना कम रहन्छ। किनकि मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ, जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ।

 उर्जावान बनाउँछ

शाकाहारी भोजनको अतिरिक्त प्रभाव हुँदैन। यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ । शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ र उनीहरु तरोताजा महसुस गर्छन् ।

३. उच्च रक्तचापबाट बचाउँछ

शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्युन हुन्छ। यिनीहरुको मुटु मांसाहारीहरुको भन्दा स्वस्थ रहन्छ ।

क्यान्सरबाट बचाउँछ

शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ। विभिन्न अध्ययनहरुमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तर क्यान्सरको खतरा कम हुन्छ। अनाज, फलफुल, तथा सागसब्जीमा रेशा र अक्सिडेन्ट धेरै मात्रामा हुन्छ, जसले क्यान्सरलाई टाढा राख्न सहायक भूमिका खेल्छ।

 किड्नी रोगबाट बचाउँछ

किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ ।अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नी सम्बन्धी विकार मासांहारी को तुलनामा शाकाहारीमा कम पाइन्छ ।