डोटीमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डोटीमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताए ।

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताए ।

उनले भने, “कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।” शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताए । उनले भने, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।” उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।