काठमाण्डु–काठमाडौंका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गाएको गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ ।
बालेनकै शब्द, संगीत र र्याप रहेको गीत आज सार्वजनिक भएको हो । बालेनले उक्त गीत ५ बर्ष अघिनै निकालेका थिए तर उक्त गीतको भिडियो भने थिएन । अहिले लाज शरणम् टिमले ‘प्रमोसनल सङ’ का रूपमा पुनः बालेनलाइ गाउन लगाएर गीत सार्वजनिक गरेको हो ।
हास्य सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ कुमार कट्टेलको निर्देशनमा बनेको छ ।
फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, कमलमणि नेपाल, महेश त्रिपाठी लगायतको अभिनय छ।
फिल्म फागुन १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रतिक्रिया