काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले धन बहादुर वलीलाई लाओसको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।
थाईल्याण्डका लागि नेपालको आवासीय राजदूत रहेका वलीलाई मंगलबार राष्ट्रपति पौडेलले लाओकालागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया