काठमाण्डु– पोखरामा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई कीर्तिपुर वर्न अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ ।
जलनको भाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ ।
आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै मेयर आचार्यसँग हुने भेटघाट पनि बन्द गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।
प्रतिक्रिया