काठमाण्डु–कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक मिसन हस्पिटल सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान हुने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
उक्त सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया